-
बैतडी, ५ भदौ–बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन्।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक लाल बहादुर महराले बताए।
जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्रेले बताए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ उनले भने, “स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याइएमा प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ।”
विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको प्रजिअ गैह्रेले बताए। जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए।
जिल्लामा हुनसक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।पहिरोको उच्च जोखिममा रहेका स्थानीयबासीले स्थानीयस्तरबाट पहिरो नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको जनाए।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव (फोटोफिचर)
सोमवार, चैत्र २६, २०८०चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१