-
काठमाडौं,४ भदौ- सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउन लागेको छ। अपराधीले अपराधको सजाय र दण्ड पाउने तर त्यस्तो अपराध कर्मबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्न विधेयक तयार गरिएको हो।
विकसित मुलुकमा यस सम्वन्धी व्यवस्था भए पनि नेपालमा यस्तो कानुनी व्यवस्था पहिलो पटक गर्न लागिएको हो।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक शैद्धान्तिक छलफलका लागि राष्ट्रिय सभामा पेश गरेका हुन्।
छलफलमा सांसद् राम नारायण विडारीले विश्वका धेरै देशले अपराध पीडितको अधिकार रक्षा गर्ने कानुन नबनाएको अवस्थामा नेपालले विधिशास्त्रको नविनतम अवयवलाई समेत समावेश गर्न र प्रभावकारी कार्यान्वयन गर्न अग्रसर हुन अत्यन्तै सुखद रहेको औल्याए।
News Desk 0 response सोमवार, भदौ ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
