-
इनरुवा,३ भदौ- अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ ।
आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।
गत वर्षको साउनमा ११३, भदौमा ३८९, असोजमा ६२४, कात्तिकमा एक हजार ८९५, मङ्सिरमा एक हजार ५६८, पुसमा दुई हजार ४५५, माघमा एक हजार ८१२, फागुनमा दुई हजार ४०७, चैतमा एक हजार ७९०, वैशाखमा तीन हजार ६६१, जेठमा एक हजार ६७४ र असारमा दुई हजार ४८४ पर्यटक आरक्षमा आएको संरक्षण अधिकृत साहले जानकारी दिए ।
आरक्षमा सबैभन्दा कम साउन महिनामा पर्यटक आएका छन् भने सबैभन्दा बढी बैशाखमा पर्यटक आएका छन् । अर्ना र चराचुरुङ्गीको अवलोकनका लागि आरक्षमा पर्यटक आउने गर्छन् ।
आरक्षमा आएका पर्यटकहरुबाट रु २३ लाख ५४ हजार ३१० राजश्व संकलन भएको पनि आरक्षले जनाएको छ ।
माछा मार्नका लागि अनुमति
कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको छ । तीन महिनादेखि सप्तकोशी नदी र सीमसार क्षेत्रमा बन्द गरेको माछा मार्ने कार्य खुल्ला गरेको आरक्षका संरक्षण अधिकृत साहले जानकारी दिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिमकुशाहाले सप्तकोशी नदीको कोशी ब्यारेजदेखि चतरासम्म र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको हो ।
जेठ, असार र साउन तीन महिना माछाको प्रजनन अवधि भएको भन्दै माछा मार्नका लागि आरक्षले निषेध गरिएको थियो ।
सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएसँगै आरक्षमा अनुमति लिनेहरुको भीड लागेको संरक्षण अधिकृत साहले जानकारी दिए ।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
