-
काठमाडौँ,भदौ ३-अब एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्।
News Desk 0 response आइतवार, भदौ ३, २०७५आइतबार एनआइसी एशिया र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक र ग्राहकलाई नर्भिक अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर श्री जयेन्द्र रावल र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआइसीले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा हित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ।
बैंकको वासलातको आकार रू. १८१ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा रहेको छ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
