• काठमाडौं,३ भदौ- ला लिगाको नयाँ सिजनमा लियोनल मेसीले कप्तानको रुपमा  विजयी सुरुवात गरेका छन्।  मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गरेको हो।  अर्को एक गोल फिलिप कोन्टिन्होले थपे।

    पहिलो हाफमा एक गोल पनि गर्न नसकेको बार्सिलोनाले तीनवटै गोल दोस्रो हाफमा गर्न सफल भयो।

    मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए। उन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३-० ले विजयी भयो।

    ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले भियारियललाई २-१ ले हराउँदा सेल्टाभिगो र स्पानयोलले १-१ को बराबरी खेले।