• काठमाडौं,३ भदौ-नेपालले विश्पकपमा भाग लिन पाउने दिन आउला नआउला। आफ्नो ठाउँमा छ तर नेपाली भाषी एक चेलीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा रेफ्रिको भूमीका निर्वाह गर्ने मौका पाएकी छन्। निश्चय नै यो खुसी र गर्वको विषय हो। ती हुन् सिक्किमकी रेश्मी थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने मौका पाएकी हुन्। हाल उनी भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छन्।

    विश्वकपमा रेफ्रिको भूमीका निर्वाहलाई लिएर भारत र नेपालमा चर्चाको विषय बनेको छ। विश्वकपमा रेफ्रिको भूमीका निर्वाह गर्ने नेपालकै पहिलो महिला रेश्मी थापा क्षेत्री बन्न सफल भएकी छन्। अनुहारमा नेपालीपन झल्किने र नेपाली भाषा बोल्ने पहिचान उनमा रहेको छ। जर्मनका एक जना रेफ्रि डिभ्यानो भनेर साह्रै इन्साइड हुन्छु, उनले भनिन्,युरोपियन लिगमा समेत केटी नभएपछि उनले नै रेफ्रिको काम गर्दै आईरहनुभएको छ।

    बुवा मनबहादुर क्षेत्री र आमा पुष्पा क्षेत्रीको सन्तानको रुपमा सन् २०९३ सालमा पान्याड सिक्कममा रेश्मीको जन्म भएको हो। उनले आफ्नो रुची सानै देखि फुटबल भएको बताइन्। कक्षा ९ मा पढ्दै गर्दा समेत फुछबलमै रुची रहेको उनको भनाई छ। हाल उनी सरकार जागिरसँग स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेकी छन्। आगामी दिनमा युरोपियन लिग खेलाउने योजना रहेको उनले बताइन्।