-
काठमाडाैं, १ भदौ- नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ। नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ। यसअघि नेपाल जापानसँग १-० ले पराजित भएको थियो।
पहिलो हाफको ३१ औँ मिनेटमा गुयन अन डुकले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाए। भियतनामले दोस्रो गोल खेलको दोस्रो हाफमा सम्भव बनायो। भियतनामका लागि फान भान डकले ६३ औँ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदै खेल २–० को अवस्थामा ल्याए। नेपालले भियतनामको पोस्टमा सीमित प्रहार गरे पनि गोल गर्न भने सफल भएन।
समूह डी मा रहेको जापान र भियतनामले बिहीबार भएको खेलमा जित निकालेसँगै अघिल्लो चरणमा स्थान बनाउन सफल भए। पहिलो खेलमा जापानले नेपाललाई १–० ले पराजित गरेको थियो भने भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो। दोस्रो खेलमा भियतनामले नेपाललाई २–० तथा जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्न सफल भयो। दुवैले समान दुई खेलबाट ६ अंक बटुल्न सफल भए। अब समूहको अन्तिम चरणका खेलमा जापान र भियतनाम समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् भने नेपाल र पाकिस्तान प्रतिष्ठा जोगाउनका लागि मैदानमा उत्रनेछन्।
नेपाल दोस्रो खेलमा पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना गणितीय बनेको छ। अब नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनाका रूपमा उत्कृष्ट तेस्रो भएर जाने मात्र हुनेछ। जुन सम्भावना पनि निकै कम रहेको छ। नेपालले अघिल्लो चरणको आशलाई कायम गर्न पाकिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्नेछ।
नेपालले एक गोल पनि गर्न नसकेको र ३ गोल खाइसकेकाले अघिल्लो चरणको सम्भावना पनि गणितीय मात्र हो। समूहमा ६ मध्ये ४ टोली उत्कृष्ट तेस्रोका रूपमा अघिल्लो चरण प्रवेश गर्ने भएकाले पाकिस्तानलाई हराउनुको विकल्प अब नेपालसँग हुनेछैन। नेपालले एसियाडमा सहभागिता जनाएको संस्करणयता गोल गर्न सकेको छैन।
१८औँ संस्करणको एसियाडमा पनि नेपाल दुई खेलको समाप्तिमा गोलविहीन रहेको छ। १९८२ मा भारतको नयाँ दिल्लीमा भएको नवौँ एसियाडमा नेपाली फुटबल टिमले पहिलो सहभागिता जनाउँदा कुवेतविरुद्ध वाइबी घलेले गरेको एक मात्र गोल नेपालको नाममा रहेको छ। त्यसयता नेपाल गोल गर्न असफल रहँदै आएको छ।
नेपालका लागि पाकिस्तानलाई पराजित गर्दै एसियाडमा पहिलो जित दर्ता गराउने सुनौलो मौका भने बाँकी छ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
