• काठमाडौँ,भदौ १-दुई हप्ता भन्दा लामो थाइलैण्ड बसाईँपछि पूर्वराजा ज्ञानेन्द्र शुक्रबार दिउसो काठमाडौँ फर्केका छन्।

    परिवारसहित ब्याङ्कक गएका पूर्वराजा फर्कँदा साथमा पत्नी कोमल र बुहारीपनि फर्केका छन्।पूर्वराजपरिवारका सबैजसो सदस्य थाईलैण्ड गएपनि पूर्व युवराज पारश भने काठमाडौँमा नै थिए।आमा रत्न शाहको ४ भदौमा पर्ने जन्मदिन मनाउन पूर्वराजा शाह काठमाडौँ फर्केका हुन्।

    यसअघि २ भदौमा मात्र काठमाडौँ फर्कने योजना भएपछि एक दिन अघि नै फर्केका छन्।