-
काठमाडौँ,भदौ १-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टीमा सहभागी हुने भएका छन्।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५बाजपेयीको अन्त्येष्टीमा नेपालको प्रतिनिधित्व गर्दै आजै ज्ञवाली दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताए।तीन पटक भारतका प्रधानमन्त्री बनेका बाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार अपरान्ह निधन भएको थियो। शुक्रबार अपरान्ह दिल्लीस्थित स्मृति स्थलमा उनको अन्त्येष्टी गर्ने तयारी छ ।
ज्ञवालीसँगै परराष्ट्र मन्त्रालयका दक्षिण एशिया ब्युरो प्रमुख भृगु ढुंगान पनि सहभागी रहने छन्। अन्त्येष्टीमा पाकिस्तानी कार्यबाहक कानून तथा सञ्चार मन्त्री अली जाफर र बंगलादेशका विदेशमन्त्री ए एच मोहम्मद अली पनि सहभागी हुने निश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका सबै देशबाट मन्त्रीहरुको सहभागिता हुने बताइएको छ। केन्द्र सरकारले बाजपेयीको निधनमा शोक मनाउन भारतका सरकारी कार्यालयमा आधा दिन बिदा दिएको छ। त्यसैगरी निधनमा सात दिन शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने जनाइएको छ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
