-
काठमाडौं,३१ साउन –राष्ट्रियसभाका सांसदहरुले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका सांसदद्वय कालिबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी केहीबेर थुनिँदा ठूलो प्राकृतिक विपत्ति आइपरेको उल्लेख गर्दै त्यसको स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटका सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिँदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भई स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गरएका थिए।
सांसद मल्लले पहिरोले झुप्राखोलामा हालेको पुल बगाएकाले त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गरे। अर्का सांसद श्रेष्ठले पनि जाजरकोटको खहरे खोलाले बगाएर ज्यान गएका उमेश शाहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिमा परेको छ ।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
