• चितवन, ३१ साउन –नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

    बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।