• काठमाडौं,३१ साउन-भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको निधन भएको छ। बुधबार राति उनको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको हो।

    सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला जित्ने पहिलो कप्तान हुन्। उनले सन् १६६ मा पहिलो टेष्ट खेलेका थिए।

    आठ वर्ष क्रिकेट खेलेका वाडेकरले ३७ खेलमा एक सतक र १४ अर्धसतक लगाउने क्रममा २११३ रन बनाएका थिए।उनी कलेज समयमा १२ औं खेलाडी बनेमा ३ रुपैयाँ भारु म्याच फि पाउने लालचमा क्रिकेटर बनेका थिए।