-
काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् ।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्। जमैका तल्वाहासविरुद्ध बिहिबार बिहान भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका छन्। सन्दीपले पहिलो ओभरमा १० रन खर्चेपनि दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए । उनले लुइस र म्याकार्थेलाई आउट गरे।
सीपीएल क्रिकेटमा सन्दीपको यो पाँचौ विकेट हो। यसअघिको खेलमा सन्दीपले ३ ओभर बलिङ्ग गर्दै १७ रन खर्चिएर एक विकेट लिएका थिए। त्यसअघि सन्दीपले डेब्यु खेलमा ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएका थिए।
जमैकाविरुद्ध सन्दीपले २ विकेट लिएपनि प्याट्रियट्सले खेल गुमाएको छ। सन्दीपको टिम प्याट्रियट्सलाई जमैकाले ४७ रनले हराएको हो। प्याट्रियट्सको यो दोस्रो हार हो।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए।
सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
