-
काठमाडौं,२९ साउन-सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ।मेलम्ची खानेपानी विकास समितिले जस मध्ये २६ हजार ९ सय १० मिटर खनि सकेको जनाएको छ।
उक्त सुरुङ मध्ये अव ९ दशमलव ६ शुन्य मिटर खन्न बाँकी रहको छ।सुरुङको फाइनल सपोर्टको काम ८ हजार ९ सय ८७ दशमलव ९ शुन्य मिटर सम्पन्न भएको छ भने बाँकी १६ हजार ९ सय ३२ दशमलव ५४ मिटर रहेको विकास समितिले जनाएको छ।
विकास समितिका इन्जिनियर बर्मलाल भण्डारीका अनुसार ८ हजार ७ सय २६ दशमलव ७ शुन्य मिटर सुरुङको भुईको ढलान सम्पन्न भएको छ। त्यस्तै १७ हजार १ सय ९३ दशमलव ७४ मिटर ढलान हुने बाँकी रहेकको छ।
ठेकेदारले काम सुस्त तरिकाले गरिहेका छन्, इन्जिनियर भण्डारीले भने, ‘यहि गतिमा काम भएमा दशैंसम्म उपत्यकामा पानी पुग्ने सम्भावना कम रहेको छ।’हामीले ठेकेदारलाई काममा पेलेरै लगेका छौं, काम सुस्त तरिकाले भईरहेको छ, भण्डारीले भने,‘चारदेखि पाँच ठाउँमा काम भएको हुँदा सामान एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा समस्या भएको छ।’
सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङ खण्ड हो। तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन्। अम्बाथानमा गरि तीन ठाउँमा दुवैतर्फबाट फिनिसिङको काम भईरहेको इन्जिनियर भण्डारीले बताए।
खन्ने र फिनिसिङको काम मुख्य काम हो, उनले भने, ‘अहिले सपोट ढलानको काम भईरहेको छ।’ ग्यालथुम–अम्बाथान र सिन्धुमा पानी बन्द र खोल्ने गेट बनाएका छैनन् उनले भने। बागमतीबाट ल्याएको पानी अहिले प्रशोधन भईरहेको छ।पानी प्रशोधनका लागि निर्माण हुने सेडिमेन्टेशनका ४० प्रतिशत प्रगति भएको इन्जिनियर भण्डारीले जानकारी दिए।
अगामी चैतसम्म प्रशोधन केन्द्र निर्माणका लागि म्यान थप भएको उनले बताए। मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने बताइएको छ।
१७ करोड मेलम्ची, १७ करोड याङ्ग्री र १७ करोड लार्के खोला गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ। हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजल लगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ।
News Desk 0 response मङ्लबार, साउन २९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
