-
राजविराज, २८ साउन–लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ।पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिए। उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकल लगायत कच्चा पदार्थमा समेत क्षति भएको छ।
भारत सरकारको सहयोगमा २२ बिगाहा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।एक वर्ष अगाडि आएको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्किएको भए पनि सरकारको ध्यान नपुगेकाले सानो पानी परेको बेला पनि यहाँ जलमग्न हुने गरेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका महासचिव रामकुमार दासले बताए।
औद्योगिक क्षेत्रमा व्यापक समस्या रहेको भन्दै हाल जलमग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब समस्या समाधान गर्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष जीवछ यादवले सरकारसँग अपिल गरेका छन्।हाल उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी तीन वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एसएण्डको इलेक्ट्रोड्स, पदमज्योति प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन्।
News Desk 0 response सोमवार, साउन २८, २०७५
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१ -
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहिबार, बैशाख २७, २०८१