काठमाडौं,२८ साउन –आज साउन महिनाको अन्तिम सोमबार। हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
त्यस्तै बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
साउन महिनाको अन्तिम दिन सोमबार बेनीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा पुजा गर्न आएका भक्तजनको भीड ।काभ्रेपलाञ्चोक जिल्लाकोे धनेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार शिवलिङ्गमा पूजा गर्दै भक्तजन ।साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरु ।काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार टीका लगाउदै भक्तजन ।काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार टीका लगाउदै भक्तजन । News Desk 0 response सोमवार, साउन २८, २०७५