-
महोत्तरी,साउन २८- प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित भएका छन् ।२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले कुटेर हत्या गरेका थिए ।
सोही मुद्दाका फरार अभियुक्त शर्मा सोमबार अदालतमा उपस्थित भएका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र कुमार खड्काका अनुसार राज्यमन्त्री शर्मा सोमबार ११ बजेपछि अदातमा उपस्थित भएका हुन् ।शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै अदालतमा उपस्थित भएका थिए ।यस मुद्दामा १ः३० बजेदेखि बहस शुरु हुने बताइएको छ ।
शर्माको निवेदनमा अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको जनाएका छन् । यसअघि अदालतले परमादेश जारी गरेपछि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग भेटेर कुराकानी गरेका थिए ।
News Desk 0 response सोमवार, साउन २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
