-
विराटनगर,२७ साउन-मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ। आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति भएको छ।
विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मेयर पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ।
मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको छ। अहिले महानगरपालिका कार्यालयमा शिल गरेर प्रहरीले तालिमप्राप्त कुकुरका साथ अनुसन्धान गरिरहेको छ।
News Desk 0 response आइतवार, साउन २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
