-
साउन २७,काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आगामी चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने जनाएको छ।
भारतबाट आउने एक सय मेगावाट विजुलीको प्रशारण लाइन अबरुद्ध हुने भएसँगै उद्योगमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। भारतबाट आउने प्रशारण लाइनमा क्षमता विस्तारको काम हुँदैछ।
ढल्केबर–मुजफ्फरपुरसम्मको प्रशारण लाइनको क्षमता विस्तार हुने भएकोले सोमबारदेखि चारदिनसम्म साँझमा विद्युत आपूर्तिमा समस्या आउने विद्युत प्राधिकरणले जनाएको छ। प्राधिरकणले सर्वसाधारणको नभएर उद्योगधन्दाको प्रशारण काट्ने तयारी गरेको छ।
धनुषामा निर्माण गरिएको २२० केभीको ढल्केबर सबस्टेशनको स्तरोन्नती गर्न लागिएको हो। हालसम्म उक्त सब स्टेशनमा १३२ केभीको सञ्चालन क्षमता रहेको छ। उक्त सबस्टेशनको स्तरोन्नती गरिएसँगै भारतबाट आयात गर्ने विजुली एक सय ५० मेगावाटसम्म बढाउन सकिने विद्युत प्राधिकरणले जनाएको छ।
News Desk 0 response आइतवार, साउन २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
