• काठमाडौं,२७ साउन –नोबेल शान्ति पुरस्कार बिजेता विद्याधर सुरजप्रसाद (बीएस) नायपालको निधन भएको छ। इंगल्याण्डको लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको ८५ बर्षको उमेरमा निधन भएको हो।

    नायपाल लामो समयदेखि अस्वस्थ रहेका थिए। लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

    उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो।नायपालका उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ र ‘अ बेड इन द रिभर’ निकै नै चर्चित रहेका छन्।

    सन् २००८ मा नायपाललाई ‘द टाइम्स’ ले शीर्ष ५० महान ब्रिटिश लेखकमा नायपाललाई सातौं नम्बरमा राखेको थियो।

45