-
काठमाडौं,२७ साउन-उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन्। भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी दिएका छन्।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. लोचन कार्कीले अहिलेको व्यवस्था हेर्दा सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको भान हुने बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए।
बिरामी जाँचेको सय पचास रुपैयाँ लिएर जीवनभर जेल बस्ने जोखिम मोल्न कोही पनि चिकित्सकहरु तयार नभएको कार्कीले भनाई छ।
चिकित्सहरुले मुलुकी संहिताको प्रावधानको विरोधमा बैठकको आयोजना गर्न लागेको काउन्सिलका पदाधिकारीले जानकारी दिएका छन्।
News Desk 0 response आइतवार, साउन २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
