-
काठमाडौं,२५ साउन-मुलुकमा आउँदो भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू गरिँदैछ । पुरानो मुलुकी ऐनले भन्दा यो मुलुकी ऐनमा कडा नियम समेटिएको छन्।
विभिन्न अपराधमा दण्डको दायरा बढाइएको छ। यस्तै राजीखुसीमा हुने यौनसम्बन्धमा पनि उमेरहद बढाइएको छ। हालको मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो।
यस कारण १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राख्न सकिने अर्थात जबरजस्ती करणी नमानिने मौजुदा ऐनले व्यवस्था गरेको थियो। अब आउँदो भदौ १ गतेबाट लागू हुने मुलुकी ऐनले भने यो व्यवस्थालाई फेरबदल गरेको छ। नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मान्ने छ।
अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ। यस कारण अब नयाँ व्यवस्थाअनुसार १८ वर्षमाथिका महिलासँग यौन सम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नठहर्ने छ।
भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ। तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ।
News Desk 0 response शुक्रबार, साउन २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
