-
काठमाडौं २५ साउन –नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले आफ्नो पहिलो बलम विकेट लिएका हुन्। उनले खेलको दोस्रो ओभरको पहिलो बलमै गुयना अमेजन वारिर्यसका चाडविक वाल्टनलाई पेभेलियनको बाटो देखाएका हुन् ।वाल्टन ५ बलमा केबल ९ रन बनाएको अवस्थामा सन्दीपको बलमा शिकार भएका हुन् ।
आफ्नो टिमका लागि कसिलो बलिङ गरिरहेका सन्दीपले त्यसपछि दशौँ ओभरको दोस्रो बलमा अर्को विकेट लिए।यो पटक उनले गुयना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए। मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिए ।१४ औँ ओभरको खेल चलिरहँदा सन्दीपले सबैभन्दा किफायती बलिङ गरेका छन्।
अहिलेसम्म चार ओभर बलिङ गरेका उनले केबल १२ रन मात्रै खर्चेर गुएना वारियर्सका २ विकेट लिन सफल भएका छन् ।यसअघि सन्दीपको टीम सटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले ब्याटिङतर्फ तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गर्दै ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । १४६ रनको चुनौती पाएको गुएना वारियर्सले १५ ओभरमा ४ विकेट गुमाउँदै १४० रन जोडेको छ ।
News Desk 0 response शुक्रबार, साउन २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
