-
काठमाडौं,२५ साउन-नेपाल र बंगलादेशबीच उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुँदैछ। समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिल बिहिबार नेपाल आइसकेका छन्।
उर्जा राज्यमन्त्री हमिदले आज उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै द्धिपक्षिय वार्ता हुने र ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रम छ।
समझदारीमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सह–सचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश हुनेछन्।
नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा लगानी, विद्युत् आदानप्रदानबारे औपचारिक तथा अनौपचारिक रुपमा लामो समयदेखि छलफल चलेपनि पहिलोपटक दुई देशबीच समझदारी हुन लागेको हो। विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षहरुमा विद्यतु आपूर्तिको विकल्प खोजदैछ।
नेपालमा भने आगामी केही वर्ष्भित्र उत्पादित विद्युत बढी हुने अनुमान गरिएको छ। स्वदेशी लगानीमा निर्मित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उतपादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ।
News Desk 0 response शुक्रबार, साउन २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
