-
काठमाडौं,२४ साउन-कैलालीको लम्की-चुहा नगरपालिका -१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले आज(बिहिवार) विहान बम विष्फोटन गराएको छ।
विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट गराएको हो। ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानियबासिन्दा त्रसित भएका थिए।
विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएको छ भने अन्य क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए।
बम किन र कसले विष्फोट गरायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो।
सहकारीका कर्मचारीमाथि छुरा प्रहार
कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ। किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्की-चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगाएका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ।
बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो। घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
