-
महेन्द्रनगर, धनुषा, २४ साउन- जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ। विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो।
भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए। जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने उनले बताए।
रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो। दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो। भारत सरकारको रु सात अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
