-
काठमाडौ २४ साउन- कांग्रेसको महासमिति बैठक भदौमा नहुने भएको छ । पार्टीले विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको हो ।
महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन हो । एकात्मक राज्य प्रणालीको पार्टी संरचनालाई संघीय संरचनामा रूपान्तरण गर्न महासमिति बैठकबाट विधान संशोधन गर्ने कांग्रेसको तयारी छ । समिति गठनमै किचलो भएपछि बैठक बस्ने सम्भावना टर्दै गएको हो ।
केन्द्रीय कार्यसमितिको गत चैतको बैठकले महासमिति बैठक भदौ मसान्तमा गर्ने निर्णय लिएको थियो । विधानमा प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर, शेरबहादुर देउवा पार्टी सभापति निर्वाचित भएको साढे दुई वर्ष बित्न लाग्दा एकपटक पनि बैठक बस्न सकेको छैन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दसैंअघिसम्म महासमिति बैठक गर्ने तयारी भइरहेको बताए । ‘विधान मस्यौदा समिति गठनमा ढिलाइले भदौ मसान्तभित्र बैठक हुन नसक्ने अवस्था बनेको छ,’ उनले भने, ‘असोज मध्यतिर मिति तोक्ने तयारी भइरहेको छ ।’ सभापति देउवाले चाडपर्वको कारण जनाउँदै अझ पर धकेल्ने प्रयास गरिरहेको संस्थापनइतर पक्षको आरोप छ ।
यसअघि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मस्यौदा समितिमा रहने सदस्यको नाम नदिएका कारण ढिलाइ भएको बताउँदै आएका थिए । पौडेल पक्षले समितिमा रहने चार जनाको नाम १० दिनअघि नै बुझाइसकेको छ, जसमा केन्द्रीय सदस्यहरू दिलेन्द्र बडु, मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र प्रदीप पौडेल छन् ।
सभापति देउवा समिति गठन नगरी विदेश गएको भन्दै संस्थापनइतर नेताहरू असन्तुष्ट छन् । देउवाले आफ्नो कार्यकाल लम्ब्याउन बैठक ढिलो गर्न लागेको उनीहरूको आशंका छ । अबको डेढ वर्षपछि देउवाको चारवर्षे कार्यकाल सकिन्छ ।
विधानले विशेष परिस्थिति देखाएर थप एक वर्ष लम्ब्याउन सक्ने अधिकार दिएको छ । ‘थप एक वर्ष लम्ब्याउन महासमिति बैठक नै ढिलाइ गर्न खोजिएको हो,’ पौडेलपक्षीय एक केन्द्रीय सदस्यले भने, ‘असोजमा गर्ने भनिए पनि चाडपर्व देखाएर अझ पछि धकेल्ने प्रयास भइरहेको छ ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५
सम्बन्धित शीर्षकहरु
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
शनिबार, बैशाख २९, २०८१स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१-
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१ -
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक..
शनिबार, बैशाख २९, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१ -
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१
-
‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु
शनिबार, बैशाख २९, २०८१ -
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक..
शनिबार, बैशाख २९, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
शुक्रबार, बैशाख २८, २०८१ -
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
शुक्रबार, बैशाख २८, २०८१
-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहिबार, बैशाख २७, २०८१