• काठमाडौं,२१ साउन-संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको हो।

    आइतबारबाट इजलास तोकेका मिश्रको नाम कायम मुकायम प्रधानन्यायधीश भनेर सर्वोच्चको वेबसाइटमा उल्लेख छ । जोशी १५ दिने बिदामा छन्।