-
वाशिङटन डिसी, २१ साउन-अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको लागि आग्रह गरेका हुन्।
“तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भने, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ।”
उनले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गयो भनेर सोच्नु अतिशयोक्ति हुन्छ भने।
उनले थपे, “सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदान खोजेका छौँ।”
विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी आउनुभएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताए।
विश्व भरका दातृनिकाय र दातृसंस्थासँग छलफल गरेर नेपालको समृद्धिमा संवाहक बन्न आफूले आग्रह गर्ने उनको भनाइ थियो।
News Desk 0 response सोमवार, साउन २१, २०७५
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१