-
बुटवल, २१ साउन – रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला )मा आज भक्तजनको घुइँचो लागेको छ।सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ ।
श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष गरी भगवान शिवलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पूजारी चन्द्र नेपालले जानकारी दिए।
पूजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययन, अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वंय उत्पत्ति भएको यसको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए।त्यस्तै २९ गते देवघाटधाम यात्रा, भदौ ३ गते रिडी रुरु क्षेत्र सवारी साधनयात्रा हुने बोलबम धामका प्रमुख सल्लाहकार रामप्रसाद भण्डारीले जानकारी दिए।सो धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषिमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५.५ फूटको शिवमूर्ति र नागकुण्ड रहेका छन्।
सो धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँ लगायत भारतबाट समेत पाँच लाख बढी भक्तजन मेलामा सहभागी हुने बताइएको छ।
News Desk 0 response सोमवार, साउन २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
