-
काठमाडौँ, २० साउन–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन्।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएको छ। उनको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो।
पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ। काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत नेता आजै स्याङ्जा प्रस्थान गर्दै छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय पङ्गेनीप्रति सम्मान प्रकट गर्न काँग्रेसले यही साउन २१ गते केन्द्र र ७७ वटै जिल्ला कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यस्तै पार्टीले पार्टी स्याङ्जा जिल्ला कार्यालय तीन दिन बन्द गर्नाका साथै पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिए।
वि.सं. २०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिका– ६ मा जन्मेका पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा– २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएको थियो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
News Desk 0 response आइतवार, साउन २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
