• काठमाडौं,२० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराई प्रहरी उपरीक्षकमा बढुवा भएपछि नयाँ सुरक्षागार्ड खटिएका हुन्।

    अब प्रधानमन्त्रीको सुरक्षामा डिएसपी राजन लिम्बुले गर्नेछन्। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

    यसअघिका सुरक्षागार्ड डिएसपी भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएका छन्। प्रधानमन्त्री ओलीको सुरक्षाका लागि डिएसपीको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।