-
काठमाडौं,१७ साउन- अर्थमन्त्री युवराज खतिवडाले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन्।
अर्थमन्त्री खतिवडाले ४० प्रतिशत चीन, ३० प्रतिशत भारत र विश्वका अन्य मुलुकबाट ३० प्रतिशत पर्यटक भित्र्याउने गरी आवश्यक योजना बनाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिए। उनले तत्काल पर्यटकको संख्या बढाउन विमान सेवा दोब्बर बनाउनुपर्नेमा पनि जोड दिए।
५ वर्षपछि भने साना-साना दूरीका रेल सेवा संचालन गरेर पनि पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सकिने अर्थमन्त्री खतिवडाको योजना छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन क्षेत्रको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले छिमेकी मुलुक भारत र चीन नै मुलुकमा पर्यटन भित्र्याउन मुख्य आधार भएको पनि स्मरण गए।
अर्थमन्त्री खतिवडाले पर्यटकहरुका लागि उचित व्यवस्थापन गर्न निजी क्षेत्रलाई कार्ययोजना बनाउन दिनुपर्ने आवश्यक्ता पनि औँल्याए।
पर्यटकहरुका लागि आवश्यक व्यवस्था गर्न नसक्दा हामीले पर्यटकहरुबाट आर्जन गरिएको ठूलो रकम आवश्यक सामग्री निर्यातमै खर्च गर्नुपर्ने अवस्था भएकाले अब त्यस्तो अवस्था आउन नदिन सरकारले आवश्यक तयारी गर्न ढिलाइ गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ।
अर्थमन्त्री खतिवडाले पर्यटन क्षेत्रको योगदानलाई बढाउन पूर्वाधार विकास, जनशक्तिको व्यवस्थापनको काममा पनि जोड दिनुपर्ने बताए।
News Desk 0 response बिहिबार, साउन १७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
