• काठमाडौं,११ साउन-प्रतिनिधिसभाको बैठक आज बस्दैछ।यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।

    त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातार डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आएको विषयलाई लिएर बैठक अवरुद्ध गरेपछि बस्न सकेको थिएन।

    यसैवीच आजको संसद बैठक चल्न दिने काङ्ग्रेसले जनाएको छ।काङ्ग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने जानकारी दिए।

45