-
रत्ननगर, चितवन, १० साउन- चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ।
विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको रतननगर बकुलहर अस्पतालको सेवा प्रभावकारी बनाउन तीन वटा डाइलायसिस मेसिन उपलव्ध गराइएको रत्ननगरका रोटरियन राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
रु ३८ लाखभन्दा बढीको लागतमा रोटरी डिष्ट्रिक २८२० जापानको साझेदारीमा रोटरी ग्लोबल ग्रान्ट परियोजनामार्फत मेसिन उपलब्ध गराइएको हो। यहाँको नारायणगढ, रत्ननगर, नारायणी मिड टाउन, भरतपुर, गैँडाकोटका रोटरी क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।
यसअघि यहाँ छ वटा डाइलायसिस मेसिन रहेकोमा बुधबार थप तीनवटा आएपछि अब भने मिर्गौला रोगीका लागि डाइलायसिस सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
बुधबार रत्ननगरमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरी क्लबसँगको सहकार्यमा विकास र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाए।
उनले रत्ननगर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको भन्दै हरेक क्षेत्रबाट यस्तै सहयोगको खाँचो रहेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौँका चिकित्सक डा ऋषि काफ्लेले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै रोटरी क्लबमार्फत अभियान चल्ने विश्वास व्यक्त गरे।
विसं २०७२ मंसिर २० गतेबाट यहाँ मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा डाइलायसिस सेवा शुरु भएको थियो। अहिलेसम्म सयौँ बिरामीको छ हजारभन्दा बढी पटक उक्त अस्पतालले डायलायसिस सेवा प्रदान गरिसकेको छ।रासस
News Desk 0 response बिहिबार, साउन १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
