• काठमाडौं,१० साउन-डा गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा आज झडप भएको छ। प्रहरीले झडपपछि करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेको छ।

    शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु भएको चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो।

    चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।

    प्रहरीले चिकित्सकहरूलाई शिक्षण अस्पतालको गेट अगाडि नै रोकेको बताइएको छ भने अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध भएको छ।

45