-
काठमाडौं, ८ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी थालेको छ।
नेकपाले औपचारिक रुपमा कुनै निर्णय गरि नसकेपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले बतायो।
दुई जनामध्ये एक जनालाई छानेर आजै शपथ खुवाउने तयारी रहेको स्रोतको दाबी छ। तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानून मन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो।
मन्त्री तामाङको अभिव्यक्तिबारे सता पक्षका केही सांसद र प्रतिपक्ष कांग्रेसका सांसदले चर्को विरोध गरेका थिए।मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गर्ने बताइएको छ।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
