• ८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् ।

    भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । जसमा १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार रुपैयाँमात्र संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

    भन्सार कार्यालयले आर्थिक वर्ष २०७३र७४ मा भन्दा बढी राजस्व संकलन गरे पनि लक्ष्य भेट्न भने नसकेको हो । आर्थिक वर्ष ०७३र७४ मा भन्दा आर्थिक वर्ष ०७४र७५ मा २२ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

    तर भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब ३ अर्ब रुपैयाँ कम राजस्वमात्र संकलन भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ । कार्यालयले भन्सार कर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क, पूर्वाधार कर लगायतका कर संकलन गर्दै आएको छ ।

    कार्यालयले असार महिनामा मात्र १३ अर्ब ८४ करोड ११ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी सन्तोष यादवले आर्थिक वर्ष २०७४र७५ मा बाढी, चुनाव र सरकारको नीतिले गर्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको बताए ।

45