-
फिक्कल (इलाम), ५ पुस : इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो ।
यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । “हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो ।
यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।” इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिनुभयो । यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो ।(रासस)
News Desk 0 response बिहिबार, पुस ५, २०८०
सम्बन्धित शीर्षकहरु
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव (फोटोफिचर)
सोमवार, चैत्र २६, २०८०चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१