• परिणाले सिकाएको पाठ ।

           सन्दर्भ ः उद्यम बिकासमा गरीएको लगानी र प्राप्त  परिणाम

    नेपालको आर्थिक बिकासको मेरुदण्ड कृषि, पर्यटन र जलश्रोत हो । जव सम्म यी तीन कुराको बिकास हुँदैन तव सम्म नेपालको समग्र बिकासको सम्भावना देखिंंदैन । नेपालमा सञ्चालन हुन सक्ने उद्योग तथा पर्यटन पनि कृषिमा आधारीत हुने भएकाले कृषिलाई नै नेपालको बिकासको पुर्वाधारको रुपमा लिनु पर्दछ ।
    यो अवस्था भएता पनि कृषिलाई व्यवसायिक र औधोगिकीकरण गर्ने दिशामा सरकारी तथा गैह्र सकारी संस्थाहरुको प्रयाशले सार्थकता पाउन सकेको छैन । कृषिका नाममा जहाँ जे जसरी कार्यक्रमहरु भै रहेका छन त्यो पनि किसानका लागि ‘बेल पाक्यो कौवालाई हर्ष न बिस्मत’ भन्ने उखान जस्तै भएको छ । कृषि क्षेत्रको बिकासका नाममा आएको अनुदानबाट आधारभुत किसानहरु लाभान्वित हुन सकेका छैनन ।
    गरिवी न्युनिकरणकालागी धेरै योजनाहरु आए, आयआर्जनका कार्यक्रमहरु सम्वन्धि धेरै तालिमहरु भए । तालिम पश्चात के कति मानिसहरु रोजगार भए भनेर हेर्ने हो भने लगानिको प्रतिफलमा कुनै सन्तोष गर्ने ठाउँ भेटिंदैन । तर पनि असफलताको पहिचान गरेर निदानको उपाय अपनाउने कुरामा ध्यान गएको छैन ।
    एउटा सामान्य किसान जो अति गरीव छ ,जस्ले छोरा छोरीलाई पढाउन नसकेर अर्काको हली, गोठालो र घरायसि कामदारको रुपमा जिवन जिउन बाध्य छ । बिरामी पर्दा औषधि गर्न नसकेर जेठो छोरो मरेको घाउमा खाटा परेको छैन । भोलि पल्ट रोप्न ठिक पारेको खेत अघिल्लो दिन खोलाले वगाउँदा उसका बावु डाँको छोडेर रोएको झझल्को बाँकि छ । वाख्रा भैसि सँधै मरेको पिरले कहिल्यै बस्तु नपाल्ने कसम खाएर अर्काको ज्यालावनी गर्न थालेको इतिहाँस जिबित छ । यस्तो पिडादायी इतिहाँस बोकेको गरीव किसानलाई एउटा बाख्रो किन्ने आर्थिक अनुदान र तीन दिने तालिम दिएर पठाउँदैमा उ एका एक उद्योगपति वन्न सक्ंदैन ।
    दुख, अभाव र बिपन्नताले अत्तालिएको एउटा मानिस जो, त्यो तालिममा पहिलो कुरा त सहभागि हुन नै सक्दैन भयो भने पनि तालिम पुरा गर्न सक्दैन गर्यो भने उद्यम गर्ने त सम्भावना नै रहँदैन । मैले यो निराशावादी कुरा गर्न खोजेको होईन उद्यम बिकास भित्र रहेको समस्यालाई कोट्याउन खोजेको मात्र हो ।
    गरिवकालागी यो सहयोग, एउटा तिर्खाले छटपटाएको गैंडालाई घ्याम्पोमा पानी दिए जस्तो हो । जसरी एउटा गैंडाको तिर्खा सानो मुख भएको ठुलो घ्याम्पोको पानीले मेटाउन सक्ँदैन त्यसै गरी यस्ता अवशरहरुले पनि गरीवी न्यूनिकरणमा खासै सघाउँ पुर्रयाउँदैन । यति खेर उसलाई उद्योगपति बन्ने रहर होईन रोजगार बन्ने इच्छा छ । एउटा गरीव मानिसलाई उद्योगपती बनाउने हो भने पहिला उसकालागि रोजगारीको आवश्यक्ता पर्दछ । रोजगारीकालागि सरकारी तथा गैह्र सरकारी संस्थाहरुले लगानीकर्ताहरुका लागि उचित वातावरण बनाई दिनु पर्छ अर्थात परियोजनाका लागि चाहिने सुलभ व्याजदरको ऋण र प्राबिधिक सहयोग उपलव्ध गराउनु पर्छ । यसवाट रोजगारीको अवशर सिर्जना हुन्छ । त्यो उद्योगमा स्थानिय तहमा पहिचान गरीएका गरीव वा लक्षित समुहका मानिसहरुलाई रोजगारी दिने कुराको सुनिश्चतता गर्ने र ति रोजगारहरुलाई प्रचलित तलव भत्ता समेत उपलव्ध गराउने शर्त सहितको सहयोग भने अर्थपुर्ण हुन सक्छ ।
    यसो भन्दा सम्पन्नहरुको वकालत गरेको भन्ने अर्थ लाग्न सक्ला तर पनि सत्यता यहि हो भन्ने लाग्छ । मरेको आस जगाउन र मनोवल उठाउन सवैतिर असफलता बाहेक केहि हात नलागेका मानिसहरुलाई सफलताको यात्रा आवश्यक हुन्छ ।
    यो यात्रा भनेको रोजगारीको यात्रा हो । यस पछि बल्ल उसले उद्योग स्थापना गर्न आवश्यक सीप, दक्षता र व्यवस्थापन सम्वन्धि जानकारीहरु हासिल गर्न थाल्छ । उ भित्र दवेको निराशाको भावना पनि दिनानु दिन मजबुत बन्दै जान्छ साहस वढ्न थाल्छ र शशक्तिकरणको प्रारम्भ हुन्छ । शशक्तिकरण, शैदान्तिक ज्ञानबाट मात्र प्राप्त हुने कुरा होईन । यसकालागी त व्यवहारीक अवशर पनि चाहिन्छ । सरकारी नीति तथा सहयोग र गैह्रसरकारी संस्थाहरुको सहजिकरण अपरिहार्य हुन्छ । यो कुरा कुनै नयाँ शिद्दान्त नभएर व्यवहारवाट पुष्टि भएको कुरा हो । यहाँ सरकारको तीन खम्बे अर्थ नितीको प्रयोग प्रभाबकारी हुन्छ । जनताको सहभागितामा बनेका सहकारीहरु हुन या प्राइभेट कम्पनिहरुको ठुलो लगानीमा निर्मित कषि उद्योग, पर्यटन, जलबिधुत वा अन्य यस्तै व्यवसाय, यी व्यवसायमा साना किसान तथा श्रमिकहरुको रोजगारीको सुनिश्चितता, सरकारी अनुदान र व्यवसायमुखी निति निर्माणमा सहयोगको अवशयत्ता पर्दछ ।
    हाम्रा गाउँघरका सहपाठिहरु मध्य कति उद्योगपति भएका छन कति ठुला व्यापारी, यिनीहरु कसैको सहयोगमा नभएर आफ्नै वलवुतामा भएका हुन । गाउँमा दुख पाएर, खान नपुगेर घर छोडेका यी सहपाठीहरु कोही मारमाडीका पसलमा कामदार वनेका थिए भने कोही उद्याोग कलकारखानमा काम गर्ने गर्दथे । उनीहरुले त्यहिं सीप सिके, जीविका चलाएर वचत पनि गरे । वचत गरेको रकम र सीपको सदुपयोग अनि उनिहरुमा वढेको मनोवलका कारण कोही उद्योगपति वने भने कोहि ठुला ब्यापारी ।
    यस बाट पनि एउटा मानिसले अबशर पाएमा आफ्नै पौरख र मिहनेतले सफल उद्योगपति र ब्यापारी वन्न सक्दो रहेछ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । यस किसीमको अवस्था शिर्जनाका लागि सरकारी वा गैह्र सरकारी संस्थाहरुले सहजकर्ताको भूमिकाका खेल्नु पर्दछ । जाल किन्न नसक्नेलई माछा मार्न सिकाउँदैमा जसरी एउटा मानिस जल्लारी बन्न सक्दैन ठिक त्यसै गरी तालिम पाउँदैमा एउटा सामान्य जिवनयापन गरी रहेको मानिस उद्योगपति वन्न सक्दैन । उसका लागि जाल किन्न सक्ने रकम, सीप र आत्मवलको आवश्यक्ता पर्दछ ।
    लेखक ः बालकृष्ण देउजा
    सामाजिक अभियन्ता

45