• सामाजिम बिकास बिद, बालकृष्ण देउजा गुणस्तरीय शिक्षाका लागि त्रिपक्षिय सहभागिता अपरिहार्य हुन्छ । शिक्षक बिध्यार्थी र अभिभावकको समान र अर्थपुर्ण सहभागिता बिना शैक्षिक बिकास सम्भव देखिंदैन । आर्थिक सहयोग, भौतिक बिकास र नियमित परामर्स, नैतिक सर्मथन, बिध्यालय हातालाई शान्ति तथा शैक्षिक मैत्रिपुर्ण बातावरण कायम राख्न, अनुशासित र मर्यादित बनाउन, बिध्यालय परिसरलाई सफा स्वच्छ र हराभरा राख्न त्रिपक्षिय सहभागिता अपरिहार्य हुन्छ ।
    बिध्यालय भनेको अभिभावकहरु मिलेर शुल्क तिरेर छोरा छोरीलाई पढाउन स्थापना गरीएको साझा इन्टिच्युट होईन । बिध्यालय सँग समुदायको भावना गासिएको हुन्छ, इज्जत प्रतिष्ठा जोडिएको हुन्छ । त्यसैले त गाउँ बस्तिबाट टाढा रहेका मानिसहरुले पनि स्कुललाई मायाँ गरेर आफ्नो गाँस काटेर आर्थिक सहयोग गर्छन । बिध्यालयलाई आफ्नो घर सरह अनि बिद्यालय परिवारलाई आफ्नै परिवार जस्तै ठान्छन । बिध्यालयमा स्थानीय समुदायको मात्र सहभागिता छैन, राज्यको लगानी पनि त्यत्तिकै छ, गाँस बास कपास बिहीन एक गरीब बिपन्न मानिसले तिरेको राजश्वको समेत याँहा लगानी भएको छ ।
    नेपालमा दुई किसीमको शिक्षा प्रणाली अहिले लागु छ निजी बिध्यालय र सरकारी । निजी होस या सरकारी दुवै बिध्यालयमा यही समुदायका मानिसहरुले आफ्ना बालवालिकाहरुलाइ अध्यापन गराउँछन । यी दुई किसीमका बिध्यालयमा अभिभावक, बिध्यार्थि र शिक्षकको भूमिका फरक हुने गरेको कुरा हामी सबैलाई बिदितै छ । एउटा निजी बिध्यालयको अभिभावकले आफ्नो बालवालिका प्रति निर्वाह गर्ने भूमिका र सरकारी बिध्यालयमा रहेका बालवालिका प्रति निर्वाह गर्ने भूमिका फरक हुने गरेको छ । उही शिक्षक जस्ले निजी बिध्यालयमा र सरकारी बिध्यालयमा पठन पाठन गर्दा अपनाउने कार्यशैलि पनि फरक नै पाइन्छ । शैक्षिक बिकासकालागि महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने यी त्रिपक्षिय सरोकारवालाहरुको भूमिका किन बिध्यालय अनुसार फरक भएको होला ।
    सरकारी बिध्यालयमा गुणस्तरीय र शैक्षिक योज्ञता प्राप्त सरकारी दरबन्दिहरु छन । भौतिक पुर्वाधारहरुको अभाव तुलनात्मक रुपमा कम छ तर पनि सरकारी बिध्यालयका शिक्षकहरु र ब्यवस्थापन समितिका मानिसहरुले किन आफ्ना छोराछोरीहरुलाइ निजी बिध्यालयमा भर्ना गरेका होलान ?
    धेरैले ति नै अभिभावक र शिक्षकहरुलाई यो प्रश्न गर्छन मैले पनि गर्ने गरेको छु । यो प्रश्नको उत्तरमा सवैले बालवालिका तह लगाउन सकिएन त्यही भएर निजी स्कुलमा राखेको भन्ने जवाफ दिन्छन । निजी बिध्यालयले सवैका बालवालिकाहरुलाई तहमा राख्ने सरकारीमा चाही छाडा हुने कारण के होला ? निजी बिध्यालयहरुमा सिमीत व्यक्तिहरुले लगानी गरेका हुन्छन । उनीहरुलाइ आफ्नो लगानी उठाएर नाफा निकाल्नु छ । अभिभावकको पनि ठुलो लगानी छ त्यसैले बिध्यालयलाई व्यवसायीकरण गर्नु पर्ने बाध्यता उनीहरु सँग छ । यो बाध्यता सरकारी बिध्यालयलाई छैन । यदि त्यसो हुँदो हो त सरकारी बिध्यालयहरु पनि व्यवसायीक बन्न बाध्य हुन्थे होलान ।
    हाम्रो देशमा कक्षा दश सम्मको पढाईलाई सरकारी बिध्यालयमा निशुल्क गरीएको छ । झठ्ठ हेर्दा यो कदम निकै लोकप्रिय जस्तो लागेता पनि यसका सकारात्मक र नकरात्मक दुवै पाटाहरु छन । बिध्यार्थिहरु वाट शुल्क अशुल्नु पर्ने र बिध्यालयको निश्चित दाईत्व बिध्यार्थि शुल्क बाट व्यहोर्नु पर्ने अवस्था भै दिएको भए साहेद सरकारी बिध्यालयले पनि निजी बिध्यालय सँग थोरै भए पनि प्रतिष्पर्धा गर्नु पर्ने हुन्थ्यो ।
    अहिलेको सापेक्षताबादमा आधारीत निशुल्क शिक्षा हाम्रो जस्तो देशका लागि भारयुक्त पनि छ । धनीमानी सम्पन्न र बिपन्न सवैकालागि निशुल्क भन्दा गरीब तथा जेहन्दारका लागि निशुल्क बाँकीका लागि सशुल्क गर्ने हो भने व्ययभार कम र दाइत्व बोध बढि हुन सक्दथ्यो ।
    शिक्षण सिकाईको मुल उद्देश्य भनेको ब्यक्तिलाई गुणस्तरीय र आत्मनिर्भर जीवनयापन गर्न सक्ने नागरीक तयार पार्नु हो । यसकालागी कण्ठस्त गराउने र गुरुलाई पाठ बुझाउने घोकन्ते परम्परागत प्रणाली बाट पनि सम्भव हुँदैन । ब्यक्ति स्वयं भित्र जन्मजात आर्जित गुणहरु पनि हुन्छन । ती गुणहरुलाई बाहिर ल्याउन सक्नु नै शिक्षाको मुलभुत कार्य हो । यो भनाईको सार सँग दार्शनिक प्लेटो, अरस्तु र फ्रोबेल पनि सहमत भएको पाईन्छ ।
    यस्तो शिक्षण कार्यलाई वालकेन्द्रित शिक्षण प्रणाली भनिन्छ । यो प्रणालीमा बालवालिकाको चाहना बिपरीतका बिषय बस्तुहरु उनीहरु माथि थोपरीदैन बरु उसको चाहना अनुसार सहजीकरण गरीन्छ । निजी बिध्यालयमा होस या सरकारी दुवैमा यो प्रणाली अवलम्बन गरीएको पाइदैन । धेरै जसो निजी बिध्यालयहरुमा त डण्डा प्रणाली लागु गरीएको हुन्छ । कार्यलय कक्षमा डण्डीहरुको बिटो देख्दा कहिले काँही बिध्यालय यातना गृह जस्तो भान हुन्छ । यता सरकारी बिध्यालयहरुमा डण्डा नभएर छाडा प्रबृति लागु भएको देखिन्छ र बिध्यालय हाता भित्र पस्दा व्यायमशालामा पसे जस्तो लाग्छ ।
    यी दुवै प्रबृतिहरु अव्यवहारीक र अबैज्ञानिक छन, न त छाडा प्रबति बाट सिर्जनात्मकताको बिकास सम्भव छ न त डण्डाको प्रयोगवाट बालकको मनोबैज्ञानिक बिकासमा टेवा पुग्न सक्छ । यी प्रणाली बाट त दुवै पक्षको नास मात्र हुन्छ ।
    बिध्यार्थिलाई अनुशासित राख्न पहिला शिक्षक, घर परिवार र समाज अनुशासित हुनु पर्छ । त्यस पछि मात्र बिध्यार्थिहरु अनुशासित हुन्छन । बिधयार्थिलाइ पाठ्यपुस्तक घोकाएर मात्र अनुशासीत र मर्यादीत बनाउन सकिदैन । यसकालागि आधुनिक नैतिक शिक्षाका कक्षाहरु पनि वेलाबखत सञ्चालन गर्नु पर्छ । अभिभाबकले बालमनोबिज्ञानमा अशर पर्न नदिन केही व्यवहारमा ख्याल गर्ने पर्छ ।
    बालवालिकाका अगाडी मादक पदार्थको सेवन गर्ने, घरपरिवारमा झगडा गर्ने, उनीहरुका अगाडी बसेर छरछिमेकका कुरा काट्ने, गाली गलौज गर्ने, अपशब्दहरुको प्रयोग गर्ने, झैझगडालाई बल पुग्ने उत्तेजनात्मक कुराहरु गर्नु नितान्त हानीकारक हुन्छ । सार्वजनिक स्थलमा मादक पदार्थको सेवन गर्ने, जुवातास खेल्ने, झैझगडा गर्ने, शिक्षकहरु बिचका आपसि मटमुटावका कुरा बिध्यार्थिहरुका बिचमा राख्ने कार्य बाट अनुशासीत बिध्यार्थिको कल्पना गर्न सकिंदैन । यस्ता कार्यको निरन्तरता बाट अनुशासन खोज्नु भनेको बिष रोपेर अमृत खोज्नु जस्तो मात्र हो । अमृतकालागि सबैले अमृतकै खेती गर्नु पर्छ र आ–आफ्नो भुमिका सवैले पुरा गर्नु पर्छ । यति भयो भने गुणस्तरीय शिक्षाकालागी टाढा भौतारीनु पनि पर्दैन आफ्नै घर आँगनको सरकारी बिध्यालयमा नै पाउन सकिन्छ ।
    सामाजिम बिकास बिद, बालकृष्ण देउजा

45