• बालकृष्ण देउजा, सामाजिक बिकास बिद
    जलबायु परिवर्तन अव देख्न र अनुभुति गर्न नसकिने सवालको रुपमा सिमित रहेन । केहि बर्ष अघि सम्म हिंउ पर्ने ठाउँहरुमा अहिले टुसारो पर्न छोड्यो । सेता पहिरनमा हारमा मिलेर बसे जस्ता देखिने हिमालहरु काला परिहनमा देखिन थाले । वर्षातको समयमा पनि पानीका मुलहरु फुट्न छोड्यो । खानेपानीका मुलहरु सुक्न थाले, चिसोमा अत्यधिक चिसो र गर्मिमा सहनै नसक्ने गरी गर्मि हुन थाल्यो । तराइमा सुन्तला फल्न थाल्यो । फल फल्ने बेला, फुल फुल्न र फुल फुल्ने बेला फल लाग्न लाग्यो । यी सवै देख्न र भोग्न बाध्य जलबायु परिवर्तनका लक्षणहरु हुन । यो परिवर्तन घट्दो नभएर दिनानु दिन बढ्दो छ । हाम्रा आँखा अगाढीका यी परिवर्तनहरुमा नेपाल र नेपाल जस्ता अल्पबिकशित मुलुकहरुको भुमिका छैन भन्दा पनि हुन्छ तर पनि अल्प बिकशित मुलुकहरुलाइ यसले सवै भन्दा बढि प्रभाव पारेको छ

    के हो जलबायु परिवर्तन ?


    पृथ्बी, जल, बायु र सुर्यबाट उत्पन्न हुने बिकिरणहरुको सन्तुलन नै सन्तुलित जलबायु हो । कहिले काँही पृथ्वी बायु र जलका बिचमा असन्तुलन पैदा हुन्छ, यसलाइ अस्वभाबिक र जलबायु परिवर्तनको अशर मान्न सकिंंदैन । सुर्यबाट पृथ्वीका लागि जति मात्रामा बिकिरणहरु प्राप्त हुन्छन ति सवै बिकिरणहरु जव सम्म सुर्यमण्डलमा परावर्तन हुन्छन, त्यो बेला सम्म जलबायुको सन्तुलन कायम रहन्छ । जब–जब क्लोरोफोलोरो कार्बन जस्तो बिषाक्त ग्याँस बायुमण्डलमा रहन थाल्छ, त्यस बेला देखि पृथ्बीको तापाक्रम बढ्न थाल्छ । सौर्य मण्डल बाट पृथ्बीका लागि प्राप्त भएका बिकिरणहरु परावर्तित भएर सौर्य मण्डलमा नपुगि बायुमण्डलमा नै रहनाले पृथ्बीको तापाक्रम बढ्न थालेको हो । यसले सुर्य, पृथ्बी, जल र बायुको सन्तुलन बिगारी दिन्छ यसलाइ नै जलबायु परिबर्तन भनिन्छ ।
    बिशेषत इन्धनको अत्यधिक प्रयोग, बन जंगलको बिनाश, कोइला ग्याँस, खनिज तेल जस्ता बस्तुको अधिक उपयोग, भु–क्षयीकरण, खेतीपाती र रेफ्रिजेरेटरको बढ्दो प्रयोगले कार्बनडाइ अक्साइडको उत्सर्जन बढाइ रहेको छ । कार्वन डाइअक्साइडको अवशोषण गर्ने बन–जंगलको बिनाशले बातावरणीय प्रतिकुलताहरु जन्माइ रहेको छ । संसारका बिकशित मुलुकहरु आज आणबिक हतियारको उत्पादन भण्डारण गरीरहेका छन । यो जलबायु परिर्वतनका लागि अर्को कारक तत्व हो ।
    जलबायु परिवर्तनको प्रभाव कहिले बाट ?


    सन १९६० को दशक बाट संसारमा तिब्र औधोगिक बिकासको थालनी र त्यस यता भएका अत्यधिक जनसंख्या बृद्दिका कारण जलबायुमा अशर देखिन थाल्यो । औधोगिक बिकासको थालनी भएको दुइ दशक नपुग्दै अर्थात १९७९बाट नै यसको प्रभाव पृथ्बीको उत्तरी धु्रबमा जमेको हिउँको सतह घट्न थाल्यो ।
    ६० को दशक बाट नै तिब्र रुपमा खाध्य अभावको आपुर्तिकालागि हरीत क्रान्तिको थालनी भयो । हरीत क्रान्तिका लागि हरीत गृहहरुको निर्माण तिब्र हुन थाल्यो । हरित गृहहरुले सुर्यको बिकिरणहरु शोषण गरेर जमिनमा परावर्तन गरी दिन थाल्यो । यसले पनि पृथ्बीको तापाक्रम बढाउनमा सघायो । कृषि उपज बृद्दिका लागि रसायनिक,मल, किट बिषादीको अत्यधिक प्रयोग जस्ता कार्यहरु यस बेला बाट तिब्र गतिमा शुरु भयो । त्यस्तै पेट्रोलियम पदार्थको प्रयोग छोटो अवधिमा ह्वात्तै बढेर गयो । कोइला, ग्याँस लगायतका खनिज पदार्थहरुको अधिक दोहन पनि यसै बेला बाट हुन थाल्यो ।,
    अत्यधिक जनसंख्याको बृद्दिदरलाइ व्यवस्थापन गर्न ब्यापक रुपमा बन बिनाश हुन थाल्यो । बन जंगल फडानि गरेर खाध्यवालीको थालनी भयो । यस बाट पनि कार्वनको शोषणमा कमि हुन थाल्यो । पृथ्बीको तापाक्रम बढाउनमा यो अर्को कारण बन्न पुग्यो ।

    जलबायु परिवर्तनको अशर

    नेपालमा प्रति बर्ष ०.०४ डिग्री सेल्सीयसका दरले तापाक्रम बढ्दै गएको छ । यो बृद्दि संसारको औषत तापाक्रमको बृद्दि भन्दा धेरै हो । यसको प्रभाव नेपालको उच्च भु–भागमा तुलनात्मक रुपमा बढि पर्न थालेको छ । नेपालका लागि यो अर्को खतरनाक संकेत हो । हिम तालहरुको निमार्ण र फुट्ने क्रम बढ्नु जलबायु परिवर्तनका कारणहरु हुन । नेपालमा त्यस्ता जोखिमयुक्त तालहरु २० वटा भन्दा बढि छन । यी तालहरु कुनै पनि बेला फुट्न सक्छन । उच्च भुभागमा रहेका यी तालहरु फुटनाले त्यस भन्दा तल तिरका बस्तिहरुको अस्तित्व नै समाप्त हुन सक्छ । यस वाट ठुलो धन–जनको क्षेती हुने निश्चित छ ।
    जलबायु परिवर्तनको अशर सवै तिर परेको छ । कृषि क्षेत्रमा परेको प्रभाव एउटा उदाहरण मात्र हो । कतिपय पुराना बोट बिरुवाहरु मासिने र नयाँ बोटबिरुवाहरु देखापर्न थालेका छन । पानीको वर्षामा कमि आएको छ । सिंचाइको श्रोतको रुपमा रहेका खोला खोल्साहरु सुक्न थालेका छन । भुगर्भमा पानीको श्रोतहरु घट्दै गएको छ । वालीनाली चक्रमा नै परिवर्तन आइएकाले भोकमरी लाग्ने अवस्था उत्पन्न हुन सक्ने सम्भावना छ । जलबायु परिवर्तनका कारण नेपाल जस्तो अल्प–बिकशित मुलुक र यसमा पनि गरीब, असाह्य, जेष्ठ नागरीक, महिला बालवालिका उच्च जोखममा रहेका छन ।

    कसरी कम गर्न सकिन्छ, जलबायु परिवर्तनको अशर ?


    अहिले भैरहेको कार्बन उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५प्रतिशत रहेको छ । यो नगण्य अशर हो । तर पनि आगामी दिनमा कार्वन उत्सर्जनलाइ कम गर्न वा बढ्न नदिन बन–जंगलको बृद्दि र बिकासमा ध्यान दिनु पर्छ । अहिले उत्सर्जन हुने ६० प्रतिशत कार्बनडाइ अक्साइड ग्याँस बनले सोस्न सक्छ । तसर्थ सडकको आसपास नदी नालाको छेउछाउ र खाली जमिनमा बृक्षारोपण गर्नु उपुर्युक्त हुन्छ । यसले शुन्दरता बढाउनका साथै चिस्यान कायम गर्न र स्वस्थ हावा उपलव्ध गराउन मद्दत गर्छ । त्यस्तै कृषिमा रसायनिक मल र रसायनिक किट बिषादीको बिकल्पमा प्राङगारीक मलहरुको प्रयोग गर्ने, जमिनलाइ क्षेयीकरण हुन बाट बचाउने कुराले हाम्रो जस्तो देशमा जलबायु अनुकुलन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।
    कार्बनको व्यपार कि उत्सर्जनमा नियन्त्रण ?
    अत्यधिक रुपमा कार्बन उत्सर्जन गर्ने देशहरुले कम कार्बन उत्सर्जन गर्ने देशलाइ दिने आर्थिक सहयोगलाइ कार्बन व्यापार भनिएको छ । अति बिकशित मुलुकहरुले गर्ने कार्बन उत्सर्जन र यसले अल्पबिकशित मुलुकहरुलाइ पार्ने प्रभाव बापत गरीने सहयोग क्षेतिपुर्ति बापत कै सहयोग हो । तसर्थ यो सहयोगलाइ कार्बन व्यापार होईन अत्यधिक रुपमा कार्बन उत्सर्जन गरे बापतको क्षेतिपुर्ति भन्नु उपुर्युक्त हुन्थ्यो । बिकशित मुलुकहरुका लागि कार्बन उत्सर्जन घटाउँदा ठुलो क्षेती हुने भएकाले उनीहरुले कार्वन उत्सर्जनलाइ घटाउने भन्दा कार्बन कम उत्सर्जन गर्ने देशलाइ आर्थिक सहयोग गर्ने निती क्योटो अभिसन्धि बाट पारीत गरे । त्यस बेला देखि कार्बन ब्यापारको नाममा बिकशित मुलुकहरुले पर्याबरणीय सन्तुलनलाइ कम्जोर बनाउने बैधानिक छुट पाए । कार्वन व्यापार बाट अल्प बिकशित मुलुकहरुलाइ ठुलो धनरासी त प्राप्त हुने नै छ । तर त्यो धन रासीले तातेको समुन्द्र सेलाउन सहयोग गर्न सक्दैन र बढेको समुन्द्रको सतहलाइ फेरी घटाउन पनि सक्दैन, फुटेका हिमतालहरु जोडिंदैनन र हिमालमा हिंउ पार्न सकिंदैन । यसरी सबै कुरा गुमाएका मुलुकहरुले आर्थिक सम्बृद्दि चाहि कसरी प्राप्त गर्न सक्छन ? बिकशित मुलुकहरु सँग कार्बनको ब्यापार गर्नु भनेको पैसा लिएर जलबायुको असन्तुलनलाइ सहज स्वीकार्नु हो ।
    तसर्थ अल्पबिकशित मुलुकहरुले कार्वनको ब्यापार नगरेर आज सम्म बिकशित मुलुकहरुले जलबायुको सन्तुलनमा पुर्याएको अशर बापतको क्षेतिपुर्ति लिने र आगामि दिनहरुमा कार्वनको उत्सर्जनलाइ घटाउन बिकशित मुलुकहरुलाइ बाध्य पार्ने निती लिनु नै अल्प बिकशित मुलुकहरुका निमित्त बुद्दिमानी हुने छ ।
    बालकृष्ण देउजा, सामाजिक बिकास बिद

45